Harsamaya
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भुकम्प
प्रतिकात्मक तस्वीरः हर समय/harsamaya

काठमाडौं - अफगानिस्तानको ठूलो सहरह मजार-ए-शरीफनजिकै भूकम्प गएको छ । अन्तर्राष्ट्रिय संचार माध्याम बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम-दक्षिण-पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ ।

स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार   भूकम्पको म्याग्निच्युड ६.३ रहेको छ । एजेन्सीले यसबाट ठूलो संख्यामा हताहत हुनसक्ने चेतावनी दिएको छ ।

पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको मजार-ए-शरीफ सहरका धेरै बासिन्दाहरूले भूकम्पपछि घर भत्किने डरले सडकमा  निस्किएका एएफपीले जनाएको छ ।

सोमबार गएको यो भूकम्प गत अगस्टको अन्त्यतिर अफगानिस्तानको पहाडी पूर्वी क्षेत्रमा गएको ६.० म्याग्निच्युडको भूकम्पपछि आएको हो । उक्त भूकम्पमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update