एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने [भिडियोसहित]
काठमाडौं - नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।
बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।
अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

