Harsamaya
न्यायाधीश‚ सचिवमात्र होइन हवल्दार सम्म भागवण्डा हुन्थ्योः राजन केसी
केन्द्रीय सदस्य राजन केसी ।

काठमाडौं - नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य राजन केसीले केन्द्रीय समिति बैठकमा प्रश्नै उठाएका छन् । उनले पार्टीमा सभापतिको विषय भन्दा पनि जेनजी विद्रोह पश्चात् पार्टीभित्र अधिक प्रश्न जन्मिएको बताए । 

बैठकमा बोल्दै उनले जनताले कांग्रेसको मूल्यांकन कसरी गरिरहेको रहेछ भन्दै नेतृत्वलाई प्रश्न गरे । उनले पार्टीले शासन संचालन राम्रो गरेका रहेछौ भन्दै प्रश्न माथी प्रश्न तेर्साए । आफू पनि लगातार तिन पटक देखि लगातार सांसद रहेको भन्दै धेरै विषयमा चित्त नबुझ्ने धारणा राखे ।

‘हामीले न्यायाधीशलाई भागवण्डा गर्थ्यौ, सिडिओ भागवण्डा गर्थ्यौ, सचिव भागवण्डा गर्थ्यौ, संवैधानिक न्याय भागवण्डा गर्थ्यौ, त्यति मात्रै हैन मेरो चौकीमा हल्दार चाहियो, इन्स्पेक्टर चाहियो भनेर पनि भागवण्डा हुन्थ्यो‚’ बैठकमा केसीले भने । 

उनले देश र जेनजीमा निराशाको कारण कांग्रेसले रचेको हरकत पनि भएको बताएका थिए । 

‘हाम्रो पार्लियामेन्टको कम्पोजिसन‚ हाम्रो मन्त्रीको कम्पोजिसन कसरी हामीले बनायौ ? मन्त्री को भन्दा राष्ट्रपतिको पक्ष‚ सभापतिको भाउजुको‚ गगनको पक्ष‚ डा शेखरको पक्षीय भनेर बनायौँ‚’ उनले आक्रोश पनि पोखे । 

उनले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै पार्टीमा कार्यवहाक सुम्पदा नयाँ किसिमको को जीवन र पार्टीलाई ऊर्जा दिएको पनि उल्लेख गरे । जसले हिजो देउवालाइ गाली गर्नेहरूले पनि सम्मान गर्ने अवस्था आएको उनले बैठकमा बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update