सुनको मूल्य स्थिर,चाँदीको बढ्यो
काठमाडौं - नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२ ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

