Harsamaya
बाजुराको बुढिनन्दामा बन्ने २५ शैया अस्पताल निर्माणका लागी सरोकारवालासँग छलफल

बाजुरा - बुढीनन्दा नगरपालिकामा जिई आई यूएसएको आर्थिक सहयोगमा बन्ने २५ शैयाको अस्पताल निर्माणको लागी सरोकारवाला सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

बाजुराको पूर्वी उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह छिमेकी जिल्ला हुम्ला,मुटु कालिकोट गरी १७ बढी स्थानीय तहका सरोकारवाला निकाय सँग २५ शैया अस्पताल निर्माणको लागी बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

२५ शैयाको अस्पताल निर्माण त्यस्तै बुढिनन्दा नगरपालिका ९ मा रहेको सिद्धेश्वरि आवासीय विद्यालयको १६ कोठे भवन र क्यानटीन निर्माण गरिरहेको बुढिनन्दा नगरपालिकाले जनाएको छ।

बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टीमा २५ शैया अस्पताल बनाउन लागिएको हो । नगर प्रमुख जनक कुमार बोहराको समन्वयमा अन्तर्राष्ट्रिय संस्था जिई आई यूएसएको सहयोगमा अस्पताल निर्माणका लागि १ वर्ष अघि समझदारी पत्रमा हस्ताक्षर भएर काम अगाडी बढेको थियो।

बुढिनन्दा नगरपालिकाले १५ शैयाको कोल्टी अस्पताललाई २५ शैयाको अस्पताल बनाउन लागेको हो ।छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढिनन्दाका नगर प्रमुख जनक कुमार बोहराले अस्पताल निर्माण कार्यलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए ।

कुन्नि क्षेत्रका नागरिक,छिमेकी जिल्ला लगायत १७ बढी स्थानीय तहका नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यस्तो कार्यको थालनी गरिएको नगर प्रमुख बोहराको भनाइ छ। साथै अस्पताल निर्माणले दुर्गमका गरिब तथा असहाय नागरिकहरूलाई ठुलो राहत मिल्ने बोहराले बताए ।

२०८० चैत्रमा कोल्टी अस्पतालको नामाकरण गरिए सँगै अस्पतालका आधारभूत सेवाहरू प्रभावकारी बनाउँदै लगिएको छ ।  कुन्नि र कर्णाली क्षेत्रको स्वास्थ्य समस्या समाधानका लागी अस्पताल निर्माण कार्य निकै महत्त्वपूर्ण र उपलब्धिमूलक देखिने भएको छ।अस्पताल निर्माण पछि जटिल खालका बिरामीलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ।

१५ शैयाको कोल्टी आधारभूत अस्पतालले अहिले कुन्नि क्षेत्रका ४ वटा पालिका र कर्णाली क्षेत्रका १७ स्थानीय तहका करिब ३ लाख जनसङ्ख्यालाई सेवा दिइरहेको छ । भौगोलिक विकटतामा रुमलिएको बाजुरा त्यसैमा दुर्गम कुन्नि क्षेत्रमा सुत्केरीले बाटोमै बच्चा जन्माउने समस्या अस्पताल निर्माण पछि हुने र सहज सेवा पाइने यहाँका स्थानीयको अपेक्षा छ ।

बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सञ्चालन भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहयोगी संस्थाका बोन हार्ट प्रतिनिधि मण्डलको टिम,स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया,कालिकोट पलाँता गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर रोकाया,बुढिनन्दाका उप–प्रमुख राम बहादुर बोहरा, खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा नि.प्रमुख प्रशासकीय अधिकृत  लगायत विभिन्न १७ वटा पालिका का प्रमुख तथा प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update