एमालेले छलफलमा उठायो संसद् पुनर्स्थापनाको माग
काठमाडौं - सरकार राजनीतिक दल र जेनजी पदाधिकारी बिच भएको छलफलमा नेकपा एमालेले संसद् पुनर्स्थापना माग गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमालेले उक्त प्रस्ताव राखेको जेनजी प्रतिनिधि खेम साउँदले एमालेले उक्त प्रस्ताव राखेको बताए ।
जसमा जेनजी प्रतिनिधिहरू सहमत नभएको पनि उनले जानकारी दिए । “उहाँहरू एमालेले संसद् पुनर्स्थापना हुनुपर्छ भन्नुभयो । हामीले जेनजीको विद्रोहको उपलब्धि त्यो होइन । चुनाव हो भन्यौँ‚” उनले भने ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ २२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

