जनकपुर - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा पहिलो प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेको छ ।
जल तथा मौसम पूर्वानुमान शाखाले भोली बिहीबार देखि देशभरको मौसम बदली हुने र मोन्था चक्रवातको असर देशभर हुने जानकारी दिएको छ । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सात बुँदे अनुरोध मार्फत सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोही विषयमा मधेश प्रदेशमा पनि पर्ने असर र सोबाट जोगिन अपनाउनु पर्ने सतर्कताबारे मुख्यमन्त्री सोनल सहित प्रदेशभरका सम्बन्धित निकायका पदाधिकारीहरुबिच विपत् व्यवस्थापन समितिको बैठक बसेको हो ।
बैठक पश्चात् सञ्चारकर्मीहरूलाई जानकारी दिँदै मुख्यमन्त्री सोनलले भोलीबाट हुने मौसम बदली र चक्रवातको असरले पर्न जाने सम्भावित जोखिमको न्यूनीकरण गर्नका लागि तीनै तहको सरकारसहित सुरक्षा निकायलाई खट्न आग्रह गरिएको बताए । उनले मधेश प्रदेश हुँदै बग्ने नदिहरुको तटबन्ध इलाकाहरूमा भएका बस्तीहरूबाट स्थानीयवासी लाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सम्पूर्ण निकायहरूलाई निर्देशन दिएको जानकारी दिए ।
मुख्यमन्त्री सोनलले गैर सरकारी संस्था, युवा कल्ब, युवावर्गहरुलाई जोखिम स्थानहरूमा फसेकाहरूलाई सहयोग गर्न अपिलसमेत गरे । उनले प्रदेशभरिमा कसैलाई कुनै किसिमको समस्या भए नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा गृह मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री सोनलले जोखिम र विपत्तको समयमा सम्पूर्ण नेपालली एक अर्कालाई साथ दिएर अगाडि बढ्न आग्रह गरे ।

