बाजुरा - जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जिवनजलको अभाव हुँदा बिरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जीवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन ।
झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जीवनजल)को अभाव हुँदा बिरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् ।
झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् ।
अस्पतालमा लामोसमयसम्म जीवनजलनहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जीवनजलनहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
जतिसक्दो चाँडो जीवनजलआपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य बिरामीलाई सहज हुने उनले बताएका छन् । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जीवनजलसमयमै उपलब्ध हुन नसकेको बताएका छन् ।
जीवनजलखरिदको लागी टेन्डर खुलिसकेको र एक दुई दिनमै मुल्यांकन समितिबाट मूल्यांकन गरि कुन कम्पनीको टेन्डर पर्यो उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन् । कार्तिक महिना भित्रै जीवनजल खरिद गरिने उनको भनाइ छ ।
औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ। सरकारले निः शुल्क औंषधि वितरणको लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधि खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक वर्षमा ९८ प्रकारका निः शुल्क औंषधिको लागी २६ लाख रकम हालेको भए पनि उक्त रकमले औंषधि खरिदमा अपुग हुने गरेको अस्पताल जनाएको छ ।
जीवनजलअभाव हुँदा झाडापखाला र जलवियोजनका बिरामीले जीवनजल निजी अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ ।
निःशुल्क औषधि अन्तर्गत जीवनजल अति आवश्यक पर्ने अन्तर्गत पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जीवनजलनहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएको छ ।

