Harsamaya
एल क्लासिकोमा रियलद्वारा बार्सा २-१ ले पराजित 

काठमाडौं - आइतबार राति भएको रोमाञ्चक एल क्लासिको लिग भिडन्तमा लिडर रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ।

बर्नाबेउमा आइतबार राति सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो। रियलको जितमा किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे। बार्सिलोनाका फेर्मिन लोपेजले एक गोल फर्काए।

२२औं मिनेटमा एमबाप्पेले गर्दै मड्रिडलाई अग्रता दिलाए। तर, ३८औं मिनेटमा लोपेजले बार्सिलोनाका लागि बराबरी गोल फर्काए। खेलको पहिलो हाफको अन्त्यअघि नै ४३औं मिनेटमा जुड बेलिङघमले सुन्दर गोल गर्दै मड्रिडलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन र खेल २–१ को जितसहित मड्रिडको पक्षमा समाप्त भयो। यस जितसँगै मड्रिडले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ। मड्रिडले १० खेलबाट २७ अंक पुर्‍याएको छ। बार्सिलोना समान खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update