गायक तथा संगीतकार बाबुल गिरी पक्राउ
काठमाडौं - गायक तथा संगीतकार बाबुल गिरी पक्राउ परेका छन् । आत्महत्या दुरूत्साहन मुद्दामा गिरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी आजै पक्राउ परेका हुन् । पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको थियो ।
अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।
प्रहरीका अनुसार गिरी र पौडेल झन्डै ९ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

