Harsamaya
राष्ट्रिय सभा अध्यक्ष र विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता ।

जेनेभा - राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघ (क्ष्एग्) को १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

ब्कष्ब एबअषष्अ न्चयगउ को अध्यक्ष समेत रहेका चिनियाँ नेता ह्गभष्वगल त्ष्बल नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल,  ँबदष्बल ज्बmष्तियल नेतृत्वको वेलायती संसदीय प्रतिनिधि मण्डल र क्गलष् िध्बतबनबबि नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो ।

सबै भेटमा राष्ट्रहरूबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य र सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।

त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे ।

भेटमा अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update