Harsamaya
दोलखामा जिप दुर्घटना : चार घाइते एकको अवस्था गम्भीर 
सांकेतिक तस्वीर : हर समय/Har Samaya

रामेछाप - दोलखाको भीमेश्वर नगरपालिका–९ स्यासीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ग २ च ३४०० नम्बरको जिप आज ब्रेक फेल भएर सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको हो। जिपमा सात जना सवार थिए।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर श्रीराम तिमल्सिनाका अनुसार दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्र बहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्ण कुमारी श्रेष्ठ र ४८ वर्षीया गंगा कुमारी श्रेष्ठ घाइते भएका हुन्।

प्रहरीका अनुसार गोमा भुजेलको अवस्था गम्भीर रहेको छ। उनलाई  थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update