-1760953024.jpg)
काठमाडौं - नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा दिएकी छिन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई देखाएर निरन्तर आफ्नो बुवा तथा पार्टी अध्यक्ष बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको उनले बताएकी छन्।
‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु‚’ उनले लेखेकी छन् ।
दाहालले सचिवालयबाट पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जानकारी दिइन् ।
पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आफुविरूद्ध भ्रामक समाचार आएको भन्दै उनले समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको पनि बताएकी छन्।