विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल युएईसँग भिड्दै

काठमाडौं - आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल युएईसँग भिड्दै छ ।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र युएईले प्रतिस्पर्धा गर्न लागेका हुन् । सुपर सिक्समा नेपालले युएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दै छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय