Harsamaya
आन्तरिक हवाई उडान सुरु

काठमाडौं - आज बिहानबाट  आन्तरिक हवाई उडान सुरु भएको छ । त्रिभुवन विमानस्थल  कार्यालयले अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको  आन्तरिक हवाई उडान मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update