तीन ठाउँका पुल बगे मेची करिडोरको
इलाम - मेची कोरिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडक खण्डमा रहेको माई खोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोग माई पुल बाढीले बगाएको हो ।
इलाम नगरपालिका-११ बेलासेमा माई खोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको छ ।
मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आऊ–जाऊ बन्द भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

