वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो
काठमाडौं - काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।
बल्खु कुलेश्वर नदी छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

