फिस्लिङमा खसेको पहिरो पन्छाएपछि सडक खुल्यो
काठमाडौं - चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सडक सञ्चालनमा आएको छ । शनिबार दिउँसो १ बजे पहिरो खसेपछि सडक दुबैतर्फ अवरुद्ध भएको थियो ।
शुक्रबार साँझदेखि परेको वर्षाका कारण १:४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाएर सडक सुचारु भएको हो ।
निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

