तीन दिन सवारी साधन काठमाडौं आउन जान नपाउने

काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन सार्वजनिक सावारी साधन सञ्चालनमा रोक लगाएको छ ।
आज एक सूचना जारी गर्दै प्राधिकरणले भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एंव उत्पन्न हुन सक्ने संभावित विपद रोक्न कोशी, मधेश,गण्डकी र लुम्बिनी प्रदेशबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने बाहिरिने सवारी साधन आवतजावतमा रोक लगाएको हो ।
प्राधिकरणले असोज १८ देखि २० गतेम्मम सवारीसाधन आवतजावत बन्द गरिएको जनाएको छ । यसलाई कडाईका साथ लागू गर्न स्थानीय प्रशासनलाई प्राधिकरणले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय