धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३६ जना घाईते
रुपन्देही - धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना भएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ ०९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

