दशैंको टीका लगाउने र आशीर्वाद लिने क्रम आज पनि जारी
काठमाडौं - आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जाने क्रम जारी रहेको छ ।
नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।
पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

