तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडा दर भन्दा बढी कसैले भाडा असुल गरे तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्।
चाडबाडको मौका छोपी बढी भाडा दर असुल्ने गरेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ ०९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

