अन्तिम खेलमा वेस्ट इन्डिजसँग १० विकेटले हार्यो नेपाल
काठमाडौं - नेपालले वेस्ट इन्डिजविरुद्धको अन्तिम टि २० म्याचमा १० विकेटको हार बेहोरेको छ । नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पन विकेट नगुमाइ भेट्यो । सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो ।
पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो । उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै लक्ष्य भेट्टाएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इन्डिजको यो पहिलो जित हो ।
नेपालले पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ ०७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

