Harsamaya

चीन - चीनले सोमबार दक्षिण पश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ।परीक्षण उपग्रहहरू बेइजिङ समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो र सफलतापूर्वक आफ्नो पूर्व निर्धारित कक्षामा प्रवेश गरेको थियो।

उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ। प्रक्षेपण लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको ५९८ औँ उडान अभियान थियो।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update