जेनजी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु
काठमाडौं - गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।
उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । आन्दोलनको क्रममा ३६ वर्षीय राईको टाउकोमा गोली लागेको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०८२ ०८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

