सुन चाँदीको भाउ घट्यो

काठमाडौं - नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ।
आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय