काठमाडौं - साफ यु–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदै छ । श्रीलङ्कामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साबिक विजेता भारतसँग भिड्दै छ ।
नेपाल र भारतबिचको खेल कोलोम्बो रेस कोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । त्यसअघि बङ्गलादेश र पाकिस्तानबिच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ । नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो । नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलङ्का विरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए ।
भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ । नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेले पनि उपाधि भने जित्न सकेको छैन ।

