Harsamaya
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश
 राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेका हुन् ।

धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update