Harsamaya
पहिरोले मुग्लिङ–काठमाडौं सडक खण्ड अवरुद्ध

 काठमाडौं - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनी घाट रोराङ गाउँपालिकाको  जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिङ–काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

गए राति  पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिए पनि  राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । निरन्तर पहिरो खसिरहेकोले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरू  बाटोमा अलपत्र परेका छन् । 

यसअघि गत शुक्रबार मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द भएर हिजो साँझ मात्र सञ्चालनमा आएको थियो ।  

 

 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update