
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दरले आयात-निर्यात व्यवसायी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई फरक-फरक प्रभाव पार्ने देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ०० पैसा र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा कायम भएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ३७ पैसा, बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैैयाँ २१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले तोकेको विनिमय दर वाणिज्य बैंकमा फरक पर्न सक्ने बताइएको छ।