Harsamaya
जिल्ला अस्पताल बाजुरामा जीवनजलको अभाव
जिल्ला अस्पताल बाजुरा ।

बाजुरा -  जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव भएको छ । झाडापखाला लाग्दा जोगाउने अचुक औषधिको रुपमा मानिने ओआरएस अर्थात जिवनजल अस्पताल बाजुरामा अभाव भएको पाइएको हो । 

सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाइएको छ । जिवनजल नहुँदा झाडापखालाका बिरामीहरुले सास्ती खेप्नु परेको छ ।

झाडापखाला लागिरहेको बेला अस्पताल गएर जीवनजल माग्न खोज्दा सकिएको र जीवनजल सकिएको हो भनेर सोध्दा स्वास्थ्यकर्मीले उतर दिन आनाकानी गरेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए । 

यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीसंग फोनबाट सोध्दा सायद सकिएकै हुन सक्ने जवाफ दिएका छन् । जीवनजल सकिएकै होला, नयाँ खरिद प्रक्रियाको कार्य भईरहेकोले चाडैं खरिद गरिने जवाफ दिए ।  स्वास्थ्य कार्यालय बाजुराले आपतकालीन रूपमा एक सय पाकेट उपलब्ध गराएको थियो । तर दुई दिनमै सकिएको हो ।
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update