एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं - एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ । यो खेल आइतबार राति ८:१५ बजे युएईमा सुरु हुँदै छ।
समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अङ्क जोडेको भारत समूह विजेता हो। समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंकका साथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।
समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश सुपर फोर प्रवेश गरेका छन्। आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, युएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन्।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ ०९:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय