Harsamaya
साफ यु–१७ च्याम्पियनसिप: नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं - साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै छ । बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि सुरु हुँदै छ ।

यसअघि खेलेको खेलमा नेपालले श्रीलङ्कालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलङ्कामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, पाकिस्तान, भुटान र मालदिभ्स खेल्दै छन् । नेपाल समूह ए मा श्रीलङ्का र बङ्गलादेशसँग रहेको छ ।

समूह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update