अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् ।
भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो । उक्त आगलागीमा के कति क्षति भयो भनेर बुधबार ढकालसहितको टोलीले अवलोकन गरेको हो ।
सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै संका नरहेको बताए ।
उनले भने, ‘अब त यसमा मलाई कुनै शंका छैन् कि हाम्रो देश बन्दैन् । यस्तो घटनाहरुले अलि पछाडी धकेल्छ । तपाईं हाम्रो पीडा हेरेर कति जना भागिसके होला ।’
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ १८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय