
सुर्खेत - कालिकोटको गगनेभीरमा पहरिो खस्दा अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ । कालिकोट प्रहरीको सक्रियातामा पहिरो पन्छाए पछि अवरुद्ध भएको १० घण्टा पछि राजमार्ग सुचारु भएको हो ।
मंगलबार राती परेको अविरल बर्षाले गगने खोला पारीपट्टीको डाँडा पूरै खसे पछि राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुई वटा मेसिन प्रयोग गरी १० घण्टा पछि राजमार्ग सुचारु भएको कालिकोटका प्रहरी प्रमूख डिएसपी टेक रावतले बताए । ‘बर्षा नरोकिएकोले अवरुद्ध राजमार्ग खुलाउन समय लाग्यो’ उनले भने, ‘राजमार्ग खुले पछि रोकिएका सवारीहरु गन्तव्यतिर लागेका छन् ।’
असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ । वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।
राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका गाडिहरु गन्तव्यमा लागेका छन् ।