आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल 
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् ।
राष्ट्रपति पौडेलले  वक्तव्यमा भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’
 
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १८:४७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                -1761113265.jpg) 
                                                 
                                                ![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)