Harsamaya
कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति, संसद विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल

काठमाडौं - पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा बिहीबार दिनभर र रातभर गरेको छलफलबाट कार्कीलाई अन्तरिम सरकारको  नेतृत्व दिने  सहमति जुटे पनि संसद् विघटनको विषयमा मतभेद हुँदा आज पनि छलफल जारी हुने भएको छ । अन्तरिम सरकार गठनको  विषयमा आज बिहान ९ बजेबाट पुनः छलफल  हुनेछ ।

छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्। वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update