Harsamaya
एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार
कारागार । सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ । यसरी नियन्त्रणमा लिइएकामा कैदीबन्दी एक हजार ५०९ जना र थुनुवा ५८ जना रहेका छन् । अझै १२ हजार ५३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताए । उनले ७९५ जना थुनुवा पनि फरार रहेकाले खोजी जारी रहेको बताए । 

आजै प्रहरी प्रधान कार्यालयले यसरी फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुमा सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरिसकेको छ । उनीहरु सबै आगजनी तोडफोड गरी फरार भएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  २२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update