Harsamaya
सुनको मूल्य घट्यो, चाँदी स्थिर
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।

बुधबार २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ ।  बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update