Harsamaya
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते
रामेछापस्थित रामेछाप कारागार।

रामेछाप - रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।

कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल  रामेछाप लगिएको छ ।

हाल कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update