आज देशभर बदली, केही प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं - आज देशभर साधारणतया बदली रहने मौसमविद्हरूले बताएका छन्। अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहँदा केही प्रदेशमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने तराईका केही भागहरूमा पनि वर्षा हुने देखिएको छ। यस्तै, कोशी प्रदेशको पहाड र तराई क्षेत्र, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
मौसमविद्हरूले वर्षासँगै पहिरो, बाढी र नदी नाला बढ्ने जोखिम भएकाले जनतालाई सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी तराईका नदी किनार र पहाडी भू–भागमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय