सुरक्षा सतर्कता बढ्दै, कारागारबाट भागेका ४ कैदी बागलुङमा समातिए

बागलुङ - पछिल्ला दिनमा कारागारको सुरक्षा प्रणालीमाथि प्रश्न उठिरहेका बेला कास्की र म्याग्दीका चार कैदीलाई बागलुङ प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार भागेर बागलुङ प्रवेश गर्न खोजिरहेका ती कैदीलाई मालढुङ्गा चेकपोष्टमा बुधबार पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये तीन जना कास्की कारागार र एक जना म्याग्दी कारागारबाट भागेका हुन्।
यस घटनाले कारागार सुरक्षा व्यवस्थामा कमजोरी रहेको संकेत गरेको छ भने, प्रहरीको सतर्कताले ठूला दुर्घटना टारिएको देखिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय