Harsamaya
सेनाले भन्यो -सुरक्षाकर्मीहरुबाट लुटिएका हातहतियार, गोलीगट्ठा सेनालाई बुझाउनू
सेनाले बरामद गरेको हतियारहरू ।

काठमाडौं - जेनजी नेतृत्वको आन्दोलनका सुरक्षाकर्मीहरुबाट लुटिएका वा फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन नेपाली सेनाले आग्रह गरेको छ । 

बुधबार एक सूचना जारी गर्दै नेपाली सेनाले हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भन्दै यथाशीघ्र सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो । 

विज्ञप्तिमा भनिएको छ,‘जेनजी नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका/फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ ।’

साथै, उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत सूचनामार्फत जानकारी गराएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update