अवाञ्छित गतिविधि हुननदिन निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह
काठमाडौं - सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले देशमा शान्तिसुरक्षा तथा अमन चयन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
सूचना निर्देशनालयले सूचना जारी गर्दै सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरूमा उच्छृङ्खल तत्त्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरू आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

