Harsamaya
कांग्रेस प्रवक्ता डा.महतको निजी निवासमा आगजनी

काठमाडौं - नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतको निजी निवासमा आगजनी गरिएको छ । काठमाडौंको बाँसबारीस्थित नेता महतको घरमा मङ्गलवार प्रदर्शनरत युवाहरूले आगजनी गरेका हुन् ।

पूर्व गृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतको घरमा समेत तोडफोड भएको छ ।

आज प्रदर्शनरत युवाहरूले संसद् भवन नयाँ वानेश्वरमा समेत आगजनी गरेका छन् । केहीबेर अघि संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update