आफू निकटका मन्त्रीहरूलाई राजीनामा दिन शेखरको निर्देशन
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको समूहबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने तयारी गरेका छन्।
चीन भ्रमणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए।
राजीनामा दिनेबारे साथीहरूसँग छलफल भइरहेको छ, उनले हरसमयसँग भने ।
शेखर समूहबाट सरकारमा अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।
सोमबार जेन-जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:३८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
