डा. शेखरको चेतावनी: ‘जेनजि’पुस्ताको माग सुन्ने हिम्मत राखौं नत्र पछुताउनु पर्ला 
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जेनजि पुस्ता सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा आउनु सरकारमा बसेका र उनीहरूबीचको सोचाइको अन्तर भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै कोइरालाले जेनजि पुस्ताको आवाज सुन्ने हिम्मत गर्न सरकारसँग आग्रह गरेका छन् ।
‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देश मै बसेर केही गर्छु भन्ने ‘जेनजि’ पुस्ताका होनाहार युवाहरु सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरुको बिचको सोचाईको अन्तर हो’, उनले लेखेका छन् ।
उनले जेनजी पुस्ताको आवाज नसुने पछि पछुताउनुको विकल्प पनि बाँकी नरहने चेतावनी दिएका छन् ।
सोमबार जेनजि पुस्ताले भ्रष्टाचारविरुद्ध देशभर आन्दोलनको घोषणा गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १९:१४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
