Harsamaya
एमाले महाधिवेशनको दोस्रो दिन : समूहगत छलफल हुदैँ 
नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन ।

काठमाडौं - नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनको दोस्रो दिन आज समूहगत छलफल गर्ने कार्यक्रम रहेको छ । आज निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका थप तीन प्रतिवेदन पनि पेस हुने भएको छ ।

महाधिवेशनमा पहिलो दिनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस भएका थियो ।

आज स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतले प्रवेश पाउने सम्भावना पनि रहेको छ । आज ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने गरि कार्यक्रमहरु तय भएको छ । 

विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update