Harsamaya
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
प्रतिकात्मक तस्वीर ।

जनकपुर - मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।

मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले आज प्रदेशभरी बिदा दिएको हो । 

मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सूचना जारी गर्दै आज मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।

२०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।

प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा बिदा दिँइदै आइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update