Harsamaya
डलर स्थिर, युरो–पाउन्डमा उतारचढाव : आजको विदेशी मुद्राको दर सार्वजनिक
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर करिब स्थिर रहँदा युरो र पाउन्डमा सामान्य उतारचढाव देखिएको छ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा कायम भएको छ। 

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३  पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ २२ पैसा र बिक्रीदर ४६२ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १३   पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

नेपाल राष्ट्र बैंकले विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले भने आफ्नो सुविधा अनुसार छुट्टै दर तोक्न सक्ने भएकाले अद्यावधिक दर हेर्न केन्द्रीय बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update